अलिअलि तिमीसँग’ म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं | जेठ ३०, २०७९
काठमाण्डौँ : गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहनुभएका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ । शास्त्रीय सङ्गीत समिश्रण रहेको यस गीतमा गायक न्यौपानेकै सङ्गीत रहेको छ ।
गीतको एरेञ्ज रिदम कँडेलले गर्नुभएको हो । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय छ । ‘तिमीलाई ठेस लाग्दा’, ‘सातै जुनी साथ दिन्छु भनी भन्नु पर्छ र ?’, ‘नियाली हेर मेरा भावना ’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश छ ।
बुद्ध थापाले खिच्नु भएको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ । ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘कुरा नगरेकै जाति’ र सपनाको रङ्ग’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

